नवनियुक्त ऊर्जाराज्यमन्त्री गर्बुजा आज शपथ ग्रहण गर्दै
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री खमबहादुर गर्बुजाले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । गत बैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर […]

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री खमबहादुर गर्बुजाले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
गत बैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेसँगै ऊर्जा राज्यमन्त्री पद रिक्त पदमा उनलाई नियुक्त गरिएको थियो ।
What's Your Reaction?






