केआईआईटी प्रकरणमा परराष्ट्रले सार्वजनिक गरेन धारणा, मन्त्रीले शेयर गरिन् ओडिसा सरकारको विज्ञप्ति

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको शव फेला परेको घटना सार्वजनिक भएको १२ घण्टासम्म पनि नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छैन । तीन महिनाको अवधिमा यो क्याम्पसमा दोस्री नेपाली छात्राले ज्यान गुमाएकी छिन् । यसअघि बुटवलकी प्रकृति लम्सालको मृत्यु हुँदा नेपाली विद्यार्थीसमेत असुरक्षित भएर घर फर्किने अवस्था […]

May 2, 2025 - 04:22
 0
केआईआईटी प्रकरणमा परराष्ट्रले सार्वजनिक गरेन धारणा,  मन्त्रीले शेयर गरिन् ओडिसा सरकारको विज्ञप्ति

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको शव फेला परेको घटना सार्वजनिक भएको १२ घण्टासम्म पनि नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

तीन महिनाको अवधिमा यो क्याम्पसमा दोस्री नेपाली छात्राले ज्यान गुमाएकी छिन् । यसअघि बुटवलकी प्रकृति लम्सालको मृत्यु हुँदा नेपाली विद्यार्थीसमेत असुरक्षित भएर घर फर्किने अवस्था बनेको थियो । अहिले फेरि वीरगञ्जकी प्रिसा साहको शव सो क्याम्पसको होस्टलमा भेटिएको छ । यसरी नेपाली विद्यार्थी लगातार असुरक्षित भइरहेको केआईआईटीबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्नेमा चुप लागेर बसेको छ ।

घटना भारतीय सञ्चार माध्यमहरूले बिहीबार बेलुका सार्वजनिक गरेका थिए । तर, शुक्रबार बिहान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिसा सरकारको एक विभागले जारी गरेको विज्ञप्ति सामाजिक सञ्जालमा शेयर गरी घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । र उनले दूतावासमार्फत छानबिनका लागि पहल भइरहेको बताएकी छिन् ।

बुटवलकी प्रकृति लम्सालको मृत्युपछि सो क्याम्पसमा अध्ययनरत नेपाली विद्यार्थीहरूले निष्पक्ष छानबिन दोषीमाथि कारबाहीको माग गर्दा क्याम्पस प्रशासनले नेपाली विद्यार्थीलाई निकाली दिएको थियो । र विद्यार्थीलाई रेल स्टेसनमा ल्याएर छोडेको थियो । पछि नेपाल सरकारको व्यापक दबाब र भारतमै भएको विरोधपछि केआईआईटीका केही कर्मचारीमाथि कारबाही भयो भने एक भारतीय विद्यार्थी पनि पक्राउ परे । तर फेरि पनि नेपाली विद्यार्थी सो क्याम्पसमा सुरक्षित नरहेको पछिल्लो घटनाले देखिएको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register