रुपन्देही अदालतको आदेश- रवि लगायतका प्रतिवादीको सम्पत्ति रोक्का राख्नू

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने लगायतका प्रतिवादीको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आइतबार थुनछेक बहसपछि रवि लामिछानेसँग एक करोड रुपैंया धरौटी माग्ने आदेशमा सम्पत्ति रोक्का गर्नू भन्ने आदेश समेत दिएको हो । ‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि […]

Jan 26, 2025 - 15:41
 0
रुपन्देही अदालतको आदेश- रवि लगायतका  प्रतिवादीको सम्पत्ति रोक्का राख्नू

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने लगायतका प्रतिवादीको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ ।

न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आइतबार थुनछेक बहसपछि रवि लामिछानेसँग एक करोड रुपैंया धरौटी माग्ने आदेशमा सम्पत्ति रोक्का गर्नू भन्ने आदेश समेत दिएको हो ।

‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा रोक्का राखी सो को जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरुलाई लेखी पठाउनू,आदेशमा भनिएको छ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register