प्रेस स्वतन्त्रता दिवसमा इन्जा अमेरिकाद्वारा शुभकामना

काठमाडाैं । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा), अमेरिकाले देश तथा विदेशमा क्रियाशील सम्पूर्ण नेपाली पत्रकारहरूलाई सम्मान र शुभकामना व्यक्त गरेको छ। इन्जाले पत्रकारहरूलाई सत्यका पक्षमा निर्भीक कलम चलाउन आह्वान गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको स्पष्ट पारेको छ। संघीयता र गणतन्त्रको व्यवस्था हुँदाहुँदै पनि नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा अवरोध […]

May 3, 2025 - 11:12
 0
प्रेस स्वतन्त्रता दिवसमा इन्जा अमेरिकाद्वारा शुभकामना

काठमाडाैं ।

अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा), अमेरिकाले देश तथा विदेशमा क्रियाशील सम्पूर्ण नेपाली पत्रकारहरूलाई सम्मान र शुभकामना व्यक्त गरेको छ।

इन्जाले पत्रकारहरूलाई सत्यका पक्षमा निर्भीक कलम चलाउन आह्वान गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको स्पष्ट पारेको छ। संघीयता र गणतन्त्रको व्यवस्था हुँदाहुँदै पनि नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा अवरोध रहेको उल्लेख गर्दै इन्जाले आलोचना सहन नसक्ने सरकारको प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ।

संगठनले पत्रकारहरूमाथि भइरहेका हत्या, गिरफ्तारी र आक्रमणका घटनाहरूको निन्दा गर्दै दोषीमाथि कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेको छ। इन्जाले पत्रकारहरूको हक, सुरक्षा र सम्मानका लागि निरन्तर प्रतिबद्धता दोहोर्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register