भारत–पाकिस्तान तनावका बीच एक पाकिस्तानी रेन्जर्स भारतको कब्जामा

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला एक जना पाकिस्तानी सेनाका रेन्जर्सलाई भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले गिरफ्तार गरेको छ । भारतीय समाचार माध्यमहरूका अनुसार भारतको राजस्थानमा अन्तर्राष्ट्रिय सीमा पार गरेका पाकिस्तानी रेन्जर्स पक्राउ परेका हुन् । पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । भारतले सो आक्रमणमा पाकिस्तानको संलग्नता रहेको बताउँदै […]

May 4, 2025 - 02:01
 0
भारत–पाकिस्तान तनावका बीच एक पाकिस्तानी रेन्जर्स भारतको कब्जामा

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला एक जना पाकिस्तानी सेनाका रेन्जर्सलाई भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले गिरफ्तार गरेको छ । भारतीय समाचार माध्यमहरूका अनुसार भारतको राजस्थानमा अन्तर्राष्ट्रिय सीमा पार गरेका पाकिस्तानी रेन्जर्स पक्राउ परेका हुन् ।

पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । भारतले सो आक्रमणमा पाकिस्तानको संलग्नता रहेको बताउँदै आएको छ भने पाकिस्तानले सो आरोप खारेज गरिरहेको छ ।

यो आक्रमणपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध कूटनीतिक र व्यापारिक कदमहरू चालेका छन् । भारत र पाकिस्तान दुवैले आआफ्नो एयरस्पेसमा एकअर्काका लागि प्रतिबन्ध लगाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register