रवि पक्राउ परेपछि रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहकको जिम्मेवारी तोकेको छ । जिल्ला अदालतको आदेशलाई उल्टाएर उच्च अदालत तुल्सीपुरले हिरासतमा राख्न आदेश दिएसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेका हुन् । रवि पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् । शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको भर्चुअल […]

Apr 5, 2025 - 03:12
 0
रवि पक्राउ परेपछि रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहकको जिम्मेवारी तोकेको छ ।

जिल्ला अदालतको आदेशलाई उल्टाएर उच्च अदालत तुल्सीपुरले हिरासतमा राख्न आदेश दिएसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेका हुन् । रवि पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् ।

शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी अनुमोदन गरेको छ ।

यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register