भूकम्पपीडितलाई राहत बोकेर म्यानमार उड्यो सेनाको टोली

काठमाडौं । नेपाली सेनाको एक टोली भूकम्पपीडितका लागि राहत लिएर म्यानमार प्रस्थान गरेको छ । नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन-२३५ कासा विमानद्वारा […]

Apr 2, 2025 - 09:08
 0
भूकम्पपीडितलाई राहत बोकेर म्यानमार उड्यो सेनाको टोली

काठमाडौं । नेपाली सेनाको एक टोली भूकम्पपीडितका लागि राहत लिएर म्यानमार प्रस्थान गरेको छ ।

नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन-२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको सेनाले जनाएको छ ।

विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्नेछ ।

म्यानमारको राजधानी नापिडो आसपास केन्द्र गरी गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register