राष्ट्रियसभाको बैठक पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज (सोमबार) बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु […]

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज (सोमबार) बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा आज र मङ्गलबार छलफल हुनेछ ।
आर्थिक वर्ष ०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्दैछ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट प्रतिनिधिसभामा छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
What's Your Reaction?






