सर्पले २ सय पटक टोकेपछि…

झापा, २२ बैशाख । वैज्ञानिकहरूको एक टोलीले चाँडै नै मान्छेको रगतबाट सर्पको विषलाई निष्क्रिय पार्ने औषधि (एन्टिभेनम) तयार गर्ने दाबी गरेको छ । यो टोलीका एक जना व्यक्ति अमेरिकाका टिम फ्राइड हुन् । उनलाई पछिल्लो २० वर्षमा २ सय पटक विषालु सर्पले टोकेको छ । जसका कारण उनको रगतलाई सर्पको विषलाई निष्क्रिय पार्ने क्षमता बढाइदियो [...] The post सर्पले २ सय पटक टोकेपछि… appeared first on Jhapa Online.

May 5, 2025 - 03:26
 0
सर्पले २ सय पटक टोकेपछि…

झापा, २२ बैशाख । वैज्ञानिकहरूको एक टोलीले चाँडै नै मान्छेको रगतबाट सर्पको विषलाई निष्क्रिय पार्ने औषधि (एन्टिभेनम) तयार गर्ने दाबी गरेको छ ।

यो टोलीका एक जना व्यक्ति अमेरिकाका टिम फ्राइड हुन् । उनलाई पछिल्लो २० वर्षमा २ सय पटक विषालु सर्पले टोकेको छ । जसका कारण उनको रगतलाई सर्पको विषलाई निष्क्रिय पार्ने क्षमता बढाइदियो । अब उनको रगतमा पाइने यी एन्टिबडीहरू प्रयोग गरेर वैज्ञानिकहरूले औषधि बनाउँदैछन् ।

अहिलेका एन्टिभेनमहरूले विशेष सर्प प्रजातिहरूको विषलाई निष्क्रिय पार्न मात्र काम गर्छन् । तर फ्राइडको रगतले सबै सर्पको टोकाइको लागि प्रयोग गर्न सकिने एन्टिभेनम विकास गर्न मद्दत गर्ने दाबी गरिएको छ ।

जनावरहरूमा गरिएको परीक्षणले फ्राइडको रगतमा पाइने एन्टिबडीहरूले सर्पको विषका धेरै घातक प्रभावविरुद्ध सुरक्षा प्रदान गरेको पत्ता लगाएको हो । फ्राइडको १८ वर्षको मिसनले सबै प्रकारका सर्पको टोकाइका लागि एन्टिभेनम विकास गर्न महत्त्वपूर्ण हुन सक्ने देखिएको छ । एजेन्सी

The post सर्पले २ सय पटक टोकेपछि… appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register