तीनकुने घटना छानबिनका लागि न्यायिक समिति बनाउन राप्रपा सांसद शाहीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको घटनामा मानवअधिकारको चरम उल्लंघन भएको बताए । राप्रपाका प्रमुख सचेतक शाहीले तीनकुने घटना छानबिनका लागि न्यायिक समिति बनाउन संसदमा ध्यानाकर्षण गराए । पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानबिन समिति बनाउनेले गोली […]

May 5, 2025 - 08:04
 0
तीनकुने घटना छानबिनका लागि न्यायिक समिति बनाउन राप्रपा सांसद शाहीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको घटनामा मानवअधिकारको चरम उल्लंघन भएको बताए ।

राप्रपाका प्रमुख सचेतक शाहीले तीनकुने घटना छानबिनका लागि न्यायिक समिति बनाउन संसदमा ध्यानाकर्षण गराए ।

पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानबिन समिति बनाउनेले गोली लागेर ज्यान गुमाएका सविन महर्जनका लागि किन न्यायिक समिति बनाएनन् ? भन्दै उनले प्रश्न गरे ।

‘सरकारले राज्य आतंक अत्यधिक गरेको छ । ४० दिनदेखि रवीन्द्र मिश्रलगायतका साथीहरू थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानवअधिकार संगठन र राज्यले मानवअधिकारको गम्भीर उल्लंघन गरेका छन्,’ उनले भने, ‘राज्यलाई म सोध्न चाहन्छु–पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानबिन समिति बनाउनेले सविन महर्जनलाई टाउकोमा गोली हानेर मार्नेले आज न्यायिक छानबिन समिति किन बनाउँदैन ? त्यो न्यायिक छानबिन समिति बनाउन आवश्यक छ ।’

शाहीले राज्य र सरकारमा बस्ने व्यक्तिले गोली हान्न पाउने पुनःअधिकार यदी राज्यले नै दिएको हो भने आफूहरू पनि सत्तामा पुग्ने चेतावनी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register