तीनकुने घटनामा हाजिर जमानीमा छुट्नेको संख्या ३३ पुग्यो

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा छुटेका छन् । तीनुकेनको प्रदर्शनमा तोडफोड, आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।  उनीहरूमाथि प्रहरीले आपराधि उपद्रवमा अनुसन्धान गरिरहेको थियो । त्यसअघि पनि प्रहरीले आपराधिक उपद्रव कसुरमा पक्राउ परेका  […]

Apr 28, 2025 - 14:44
 0
तीनकुने घटनामा हाजिर जमानीमा छुट्नेको संख्या ३३ पुग्यो

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा छुटेका छन् ।

तीनुकेनको प्रदर्शनमा तोडफोड, आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।  उनीहरूमाथि प्रहरीले आपराधि उपद्रवमा अनुसन्धान गरिरहेको थियो ।

त्यसअघि पनि प्रहरीले आपराधिक उपद्रव कसुरमा पक्राउ परेका  २१ जनालाई प्रहरीले रिहा गरेको थियो ।   आज १२ जना रिहा गरेसँगै  हाजिर जमानीमा बस्नेको संख्या ३३ पुगेको हो।

राज्यविरूद्धको कसुरमा पक्राउ परेकाहरूलाई भने प्रहरीले रिहा गरेको छैन। राप्रपाका सांसद धवलशम्शेर राणालाई पनि राज्यविरूद्धको कसुरमा अनुसन्धान भएको थियो। उनलाई भने स्वास्थ्योपचारका लागि भन्दै प्रहरीले रिहा गरेको थियो । उनी सोमबार राप्रपा नेपालको प्रदर्शनमा सहभागि भएका थिए ।  तीनकुने घटनामा प्रहरीले  रविन्द्र मिश्र, दुर्गा प्रसाईं उनका अंगरक्षक दीपक खड्का, सहित २५ जनामाथि अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register