राजावादीहरूको आक्रमणपछि यसरी सञ्चालन हुँदैछ कोटेश्वरको भाटभटेनी (तस्वीरहरू)

काठमाडौं । राजावादीहरूले शुक्रबार गरेको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको कोटेश्वरको भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । प्रदर्शनकारीहरूले भवनको सिसामा ढुङ्गा प्रहार गर्नुको साथै परिसरभित्र भएका गाडीहरू तथा स्टलमा पनि तोडफोड गरेका थिए । भाटभटेनीमा लुटपाट तथा चोरीका घटना पनि भएका थिए । शनिबार बिहानै फुटेको सीसा र भाटभटेनीमा सरसफाइ सुरु भइसकेको छ । मर्मत कार्य […]

Mar 29, 2025 - 06:40
 0
राजावादीहरूको आक्रमणपछि यसरी सञ्चालन हुँदैछ कोटेश्वरको भाटभटेनी (तस्वीरहरू)

काठमाडौं । राजावादीहरूले शुक्रबार गरेको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको कोटेश्वरको भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ ।

प्रदर्शनकारीहरूले भवनको सिसामा ढुङ्गा प्रहार गर्नुको साथै परिसरभित्र भएका गाडीहरू तथा स्टलमा पनि तोडफोड गरेका थिए । भाटभटेनीमा लुटपाट तथा चोरीका घटना पनि भएका थिए ।

शनिबार बिहानै फुटेको सीसा र भाटभटेनीमा सरसफाइ सुरु भइसकेको छ । मर्मत कार्य सरसफाइलाई तीव्रता दिँदै भाटभटेनीले सेवा सुचारु गरेको छ ।

परिसरमा विक्री गरिने तरकारीको स्टल राखिएको छ ।

(शनिबार बिहान कोटेश्वर भाटभटेनीको अवस्था)

(तस्वीर सौजन्य : एसेन्स श्रेष्ठ)

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register