सुनको मूल्य तोलामा पाँच हजारभन्दा बढीले वृद्धि

काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुनको मूल्य तोलामा पाँच हजार ३०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँले कारोबार भइरहेको छ । सोमबार भने सुनको मूल्य सामान्य बढेको थियो । तोलामा ५०० रुपैयाँले बढेर १ […]

May 6, 2025 - 06:22
 0
सुनको मूल्य तोलामा पाँच हजारभन्दा बढीले वृद्धि

काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

सुनको मूल्य तोलामा पाँच हजार ३०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँले कारोबार भइरहेको छ ।

सोमबार भने सुनको मूल्य सामान्य बढेको थियो । तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८४ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै मङ्गलबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।

चाँदी मङ्गलबार तोलामा १ हजार ९१० रुपैयाँले कारोबार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register