दक्षिण एसियाली युथ टेबल टेनिस यू–१९ ब्वाइज टिममा नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताको यू–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको छ । शुक्रवार नेपालले सर्वाधिक ७ अङ्क जोड्दै पहिलो भएको हो। नेपालबाट प्रवेश बस्नेत, धनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनले प्रतिस्पर्धा गरेका थिए । नेपालसहित श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र मालदिभ्स गरी ५ राष्ट्र सहभागी स्पर्धामा बङ्गलादेश र पाकिस्तान तेस्रो […]

Apr 25, 2025 - 18:49
 0
दक्षिण एसियाली युथ टेबल टेनिस यू–१९ ब्वाइज टिममा नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताको यू–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको छ ।

शुक्रवार नेपालले सर्वाधिक ७ अङ्क जोड्दै पहिलो भएको हो। नेपालबाट प्रवेश बस्नेत, धनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनले प्रतिस्पर्धा गरेका थिए ।

नेपालसहित श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र मालदिभ्स गरी ५ राष्ट्र सहभागी स्पर्धामा बङ्गलादेश र पाकिस्तान तेस्रो भए ।

अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको यू–१९ गर्ल्स टिम इभेन्टमा भने नेपाल दोस्रो भयो । नेपालले ७ अङ्क जोड्यो । नेपाली टोलीमा इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउलाले खेलेका थिए ।

८ अङ्कसाथ भारत पहिलो भयो । श्रीलङ्का र बङ्गलादेश तेस्रो बने । पाँचै राष्ट्र सहभागी यो स्पर्धामा मालदिभ्स पनि थियो ।

यससँगै यू–१९ ब्वाइज÷गर्ल्स दुवै नेपाली टोली उज्बेकिस्तानमा हुने एसियाली जुनियर टेबल टेनिसका छनोट भएको आयोजकले जनाएको छ । यू–१९ ब्वाइज÷गर्ल्सको टिम इभेन्टमा पहिलो र दोस्रो हुने टोली एसियाली जुनियर टेबल टेनिसका छनोट हुने प्रावधान छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको यू–१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोली दोस्रो भयो । भारत पहिलो तथा श्रीलङ्का र पाकिस्तान तेस्रो स्थानमा रहे ।

सोही स्पर्धाको गर्ल्समा भारत पहिलो, श्रीलङ्का दोस्रो तथा नेपाल र मालदिभ्स तेस्रो भए । नेपाली टोलीमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्यले खेलेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register