रुपन्देहीको  तिलोत्तमा सडक आश्रित मानवमुक्त पालिका घोषणा

बुटवल।  रुपन्देहीको तिलोत्तमा नगरपालिका सहयोगापेक्षि सडक आश्रित  मानवमुक्त पालिका घोषणा भएको छ । मंगलबार एक कार्यक्रम का बिच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाएपछि उक्त घोषणा पत्र मानवसेवा आश्रमका अध्यक्ष रामजीअधिकारीलाई हस्तान्तरण गरेका थिए  । नगर प्रमुख खाँणले अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नु पर्ने अवस्थाको […]

May 6, 2025 - 13:40
 0
 रुपन्देहीको  तिलोत्तमा सडक आश्रित मानवमुक्त पालिका घोषणा

बुटवल। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका सहयोगापेक्षि सडक आश्रित  मानवमुक्त पालिका घोषणा भएको छ । मंगलबार एक कार्यक्रम का बिच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाएपछि उक्त घोषणा पत्र मानवसेवा आश्रमका अध्यक्ष रामजीअधिकारीलाई हस्तान्तरण गरेका थिए  । नगर प्रमुख खाँणले अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नु पर्ने अवस्थाको अन्त्य भएको बताए । 

कार्यक्रममा बोल्दै लुम्बिनी  प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले तिलोत्तमा नगर पालिकाले गरेको यो कार्य मानव संस्कृतीको उत्तम कार्य भएको बताए । उनले लुम्बिनी प्रदेशलाइ नै सडक आश्रित मानवमुक्त प्रदेश बनाउने तयारी समेत गरिरहेको बताए । उनले घोषणा घोषणामै सीमित नभएर यसको दिर्घकालिन कार्यान्वयनलाई ध्यान दिन जरुरी रहेको बताएका छन्  । यस्तो कामका लागि प्रदेश सरकार समन्वय कारी भूमिका खेल्न तयार रहेको समेत उनले बताए । 

कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वोर देवी चौधरीले तिलोत्तमालाई  हरेक हिसाबले अघि बढाउने कार्यमा थप नयाँ  पहिचान बनाएको बताए । उनले मानव सेवा ठुलो धर्म भएकाले पुण्य काममा पालिका लाग्नु समग्र पालिका बासीकै लागि खुशि र गौरवको कुरा हो भन्दै यसले मानवताको क्षेत्रमा काम गरिरहेको प्रमाणित भएको उल्लेख गरे ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले   समकालीन नेपाली  समाजमा मानवीय मूल्य, इमानदारिता, सदाचार, सहयोग, आत्मीयता, भाइचारा , न्याय आदिमा ह्रास आइरहेकाले त्यसलाई पुनः  स्थापना गर्न यस प्रकारका मानवीय सेवाका कामले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सदाचार ,सहयोग  संस्कार र सहनशीलताले मात्र समाजमा रुपान्त्ररण दिने धारणा राखे । मानव सेवा आश्रमका लागि गत वर्ष  नै तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको थियो  भने हरेक वर्ष सहयोग र सहकार्य गरी पालिका अघि बढ्ने बताइएको छ ।

२०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताए । 

जिल्ला समन्वय समिति संयोजक ,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएसँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त  र अनाथ भई बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register