पोखरामा १ अर्ब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

कास्की । पोखरा महानगरपालिकाको काँहुडाँडा, कृष्ति, भरत पोखरी, निर्मलपोखरी र मट्टीखानलगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा २१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहत् भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजन, मट्टीखान खानेपानी आयोजना पोखरा–२१ र जलवायु अनुकूलित […]

Apr 27, 2025 - 04:04
 0
पोखरामा १ अर्ब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

कास्की ।

पोखरा महानगरपालिकाको काँहुडाँडा, कृष्ति, भरत पोखरी, निर्मलपोखरी र मट्टीखानलगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा २१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहत् भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजन, मट्टीखान खानेपानी आयोजना पोखरा–२१ र जलवायु अनुकूलित आयोजनाअन्तर्गत काँहु धरहरा खानेपानी आयोजना पोखरा–११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समmभदारी पत्रमा हस्ताक्षर भएको हो ।


नगर प्रमुख धनराज आचार्य र सिनियर डिभिजनल इन्जिनियर कुलप्रसाद पौडेललगायतको रोहबरमा गरिएको समझदारीपत्रमा नेपाल सरकारको तर्फबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका कामु आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र खानेपानी उपभोक्ता समितिका तिनै जना अध्यक्षले हस्ताक्षर गर्नुभएको छ ।

बृहत् भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपियाँ कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार ८ सय २८ रुपियाँ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा पुगेको छ ।

यस्तै, काँहु धरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख १७ हजार ६०३ रुपियाँमध्ये २१ करोड ६ लाख २४ हजार १ सय ४० रुपियाँ र मट्टीखान खानेपानी आयोजनाको कुल ५१ करोड ७७ लाख ७६ हजार २ सय २ रुपियाँमध्ये २८ करोड ४९ लाख ९१ हजार ८ सय २८ रुपियाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालू आवमा पोखरा महानगरपालिकाले त्यसको १० प्रतिशत रकम बेहोर्ने छ ।

तीनवटै परियोजनाको कुल लागत १ अर्ब ५२ करोड ७२ लाख ७० हजार ७ रुपियाँ लाग्ने अनुमान गरिएको छ । परियोजनाको कुल लागतको ९० प्रतिशत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्ने छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीलाई आधारभूत खानेपानीको उपलब्धताका लागि आफूहरू क्रियाशील रहेको बताउनुभयो । नगर क्षेत्रमा संघ, प्रदेश र महानगर स्तरीय विभिन्न आयोजनाहरू सञ्चालन गरी उपभोक्ताहरूलाई स्वच्छ र सफा पिउने पानीको व्यवस्था गर्न आफूहरू निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register