पाकिस्तानले भारतीय कूटनीतिज्ञलाई बोलाएर के भन्यो ?

काठमाडौं । पाकिस्तानी विदेश कार्यालयले भारतीय कूटनीतिज्ञलाई बोलाएर हवाई हमलाको कडा विरोध जनाएको छ । बुधबार मध्यरातमा भारतले गरेको हवाई आक्रमणको बारेमा मन्त्रालयले भारतीय कूटनीतिज्ञलाई बोलाएर कडा विरोध जनाएको हो । मन्त्रालयले भारतीय कूटनीतिज्ञलाई भनेको छ, “आक्रमण पाकिस्तानको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन हुन् र त्यस्ता आक्रमण अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घको बडापत्र र दुई देशबीचको सम्बन्धलाई […]

May 7, 2025 - 11:48
 0
पाकिस्तानले भारतीय कूटनीतिज्ञलाई बोलाएर के भन्यो ?

काठमाडौं । पाकिस्तानी विदेश कार्यालयले भारतीय कूटनीतिज्ञलाई बोलाएर हवाई हमलाको कडा विरोध जनाएको छ ।

बुधबार मध्यरातमा भारतले गरेको हवाई आक्रमणको बारेमा मन्त्रालयले भारतीय कूटनीतिज्ञलाई बोलाएर कडा विरोध जनाएको हो ।

मन्त्रालयले भारतीय कूटनीतिज्ञलाई भनेको छ, “आक्रमण पाकिस्तानको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन हुन् र त्यस्ता आक्रमण अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घको बडापत्र र दुई देशबीचको सम्बन्धलाई नियन्त्रित गर्ने महासन्धिहरूको उल्लङ्घन हुन् ।”

भारतलाई यस्तो गैरजिम्मेवार व्यवहारले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा निम्त्याउने मन्त्रालयले चेतावनी दिएको छ ।

उल्लेखनीय छ कि मङ्गलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हवाई आक्रमण गरेको थियो, जसमा पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए । -बीबीसी हिन्दीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register