विद्युत्‌को शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले सरकारले कहिलेपनि बक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् । बिहीबार विद्युत् नियमन आयोगको छैटौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले तिर्नुपर्ने रकम तिर्न उपभोक्ता तयार रहेको भन्दै यस्तो विवाद आउनु लज्जास्पद भएको बताएका हुन् । उनले भने,‘समाचारमा आए जस्तो सरकारले कहिलेपनि रकम उठाउन हुँदैन, यिनले जति खाएपनि हुन्छ […]

May 8, 2025 - 10:51
 0
विद्युत्‌को शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले सरकारले कहिलेपनि बक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् ।

बिहीबार विद्युत् नियमन आयोगको छैटौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले तिर्नुपर्ने रकम तिर्न उपभोक्ता तयार रहेको भन्दै यस्तो विवाद आउनु लज्जास्पद भएको बताएका हुन् ।

उनले भने,‘समाचारमा आए जस्तो सरकारले कहिलेपनि रकम उठाउन हुँदैन, यिनले जति खाएपनि हुन्छ भनेर भनेको छैन् । प्रयोग गर्नेले यो तिर्दैनौ भनेका पनि छैनन् । यस्तो कमजोरी दशौं वर्षदेखि हुनु आफैमा लज्जास्पद छ ।’

उनले नियामक निकाय हुँदा पनि उपभोक्ताहरुले बिल माग्दा संस्थाले दिएको बिल ठीक छ कि छैन भनेर चेकजाँच गर्नुपर्ने बताए ।

‘हामी जनताप्रति पूर्ण उत्तरदायी हुनुपरेको छ । यो हाम्रो दायित्व हो । यत्रो अधिकार सम्पन्न नियामन निकाय हुदाँहुदै बक्यौतालगायतका विषयलाई लिएर यति लामो विवाद भएर तिर्नुपर्ने रकम नतिर्ने, उठाउनुपर्ने रमक उठाउन नसक्ने अवस्था आउनु राम्रो भएन । यस्तो विवाद पनि हुनुहुन्छ र ? अनि अनगर्ल प्रचारप्रसार गरेर कसलाई फाइदा पुर्‍याउँछ र ? यसको छिनोफानो गर्ने दायित्व नियमन आयोगकै थियो । उपभोक्ता भन्छन् – हामीले प्रयोग गरेको बिल दिनुस् । तिर्न तयार छौँ । बिल दिने संस्था भन्छ – हामीले जे लेख्यो त्यही बिल हो । हामीले पठाएकै बिल हो । त्यो बिल ठीक छ कि छैन भनेर सबै हेरे त सकिन्छ होला,’ उनले भने ।

उनले सरकार हरतवरले दुवै पक्षलाई न्याय हुनेगरी यसलाई छिनोफानो गराउने काममा विद्युत् नियमनलाई लाग्न आग्रह गरेका छन् ।

‘सरकार हरतवरले दुवै पक्षलाई न्याय हुनेगरी उपभोग गर्नेले पनि उपभोग गरेजति तिनुपर्ने गरी र उठाउनुपर्ने संस्थाले पनि उनले कति उपभोग गरे भन्ने कुरा नठगिने गरी उठाउनुस् भनेर सरकार बाराम्बार भनिरहेको छ । यसलाई छिनोफानो गराउने काममा विद्युत् नियमन लाग्नुहुनेछ म आग्रह गर्छु,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register