आयुर्वेद उपचार पद्धतिमा आकर्षण

दोलखा। पछिल्लो समय दोलखा जिल्लामा आयुर्वेद पद्धतिबाट उपचार गराउनेको संख्यामा वृद्धि हुँदै गएको छ । सदरमुकाम चरिकोटमा रहेको आयुर्वेद चिकित्सालयमा दैनिक ३५ जनाभन्दा बढी बिरामी उपचारको लागि आउने गरेको चिकित्सालयका प्रमुख डा.मनोज कुमार चौधरीले बताए ।  चिकित्सालयमा विशेषगरी पेट, हाडजोर्नी, पायल्स, फिसल, दम लगायतका बिरामी उपचारको लागि आउने गरेको डा. चौधरी बताउँछन्  । चिकित्सालयका प्रमुख […]

May 8, 2025 - 17:17
 0
आयुर्वेद उपचार पद्धतिमा आकर्षण

दोलखा।

पछिल्लो समय दोलखा जिल्लामा आयुर्वेद पद्धतिबाट उपचार गराउनेको संख्यामा वृद्धि हुँदै गएको छ । सदरमुकाम चरिकोटमा रहेको आयुर्वेद चिकित्सालयमा दैनिक ३५ जनाभन्दा बढी बिरामी उपचारको लागि आउने गरेको चिकित्सालयका प्रमुख डा.मनोज कुमार चौधरीले बताए । 

चिकित्सालयमा विशेषगरी पेट, हाडजोर्नी, पायल्स, फिसल, दम लगायतका बिरामी उपचारको लागि आउने गरेको डा. चौधरी बताउँछन्  । चिकित्सालयका प्रमुख डा. चौधरीका अनुसार आयुर्वेद चिकित्सालयमा अग्नीकर्म थेरापी (विशेषगरी घुँडा थुखेको विरामीको लागि), बस्ति थेरापी (नसा सम्बन्धी), स्नेहनस्वयधन थेरापी (मसाज गरेर औषधिजन्य बाफ दिने), अकुपञ्चर लगायतका पद्धतिद्वारा उपचार गरिदै आएको छ । 

चिकित्सालयमा बिभिन्न रोगको लागि थेरापीसहित बिभिन्न २५ प्रकारका आयुर्वेदीक औषधि नि:शुल्क उपलब्ध हुने भएकोले पनि आयुर्वेद चिकित्सालयमा उपचारको लागि आउने विरामीको संख्यामा वृद्धि भएको डा. चौधरीको भनाई छ । 

दोलखा जिल्लामा सदरमुकाम चरिकोटमा १६ बेडको आयुर्वेद चिकित्सालयसंगै शैलुङ, तामाकोशी, विगु र गौरीशङ्कर गाँउपालिकामा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । त्यसैगरी पालिका मातहत रहने गरी कालिञ्चोक गाँउपालिका वडा नम्बर– ५ मा लापिलाङ आयुर्वेद औषधालय र मेलुङ गाँउपालिका वडा नम्बर– ४ मा भेड्पु आयुर्वेद औषधालय रहेको छ ।

भेड्पुमा रहेको आयुर्वेद औषधालयमा पनि प्रयाप्त बिरामी आउने गरेको मेलुङ गाँउपालिकाका अध्यक्ष हिरा कुमार थोकरले बताए । 

आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रबाट समेत विरामीहरु रिफर भएर आयुर्वेद चिकित्सालय चरिकोटमा उपचारको लागि आउने गरेको चिकित्सालयका अर्को डाक्टर सुकृती ढुङ्गाना बताउँछन्  । आयुर्वेद चिकित्सालयमा उपचार सम्भव नभएका कतिपय विरामीहरुलाई काठमाडौँ नरदेवी तथा अन्य अस्पतालहरुमा समेत रिफर गरिने डा. ढुङ्गाना बताउँछन् ।

 आयुर्वेद चिकित्सालय चरिकोटमा विरामीहरुले पहिलो पटक उपचारको लागि आउँदा २० रुपैयाको टिकट काट्नु पर्ने र फलोअपमा आउँदा १० रुपैया शुल्क बुझाउनु पर्ने चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक विमल श्रेष्ठ बताउँछन्  । 

१६ बेड सहितको चिकित्सालयको अनुमति प्राप्त भएपनि भौतिक पूर्वाधारको अभावले विरामीलाई भर्ना गरेर उपचार सेवा दिन भने सम्भव नभएको अस्पतालका प्रमुख डा. चौधरी बताउँछन्  । चिकित्सालयमा अहिले जनशक्ति र उपचारको लागि आवश्यक औषधि तथा अन्य सामग्रीहरुको भने अभाव नरहेको डा. चौधरीले बताए । 

भौतिक पूर्वाधार निर्माणको लागि जग्गाको खोजि भैरहेको र सरकारले भवन निर्माणमा बजेट विनियोजन गरिदियो भने चिकित्सालयले थप सुविधा दिन सक्ने सञ्चालक समिति अध्यक्ष राजन बस्नेत बताउँछन्  । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register