नेपालका लागि टाउको दुखाइ बनेका ह्याकर ‘काजु’ गायब
काठमाडौं । आफूलाई ‘काजु’ (KAZU) नामले चिनाउने ह्याकर डार्क वेब मार्केटप्लेस डार्क फोरमबाट गायब भएका छन् । नेपाल प्रहरीदेखि लोक सेवा आयोग हुँदै विभिन्न अस्पतालको वेबसाइट ह्याक गरेको दाबी गर्दै डेटा लिक गर्ने यी ह्याकर एकाएक गायब भएका हुन् । सुरुवातमा प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशको वेबसाइट प्रयोग गर्ने तीन लाख बढी प्रयोगकर्ताको डेटा आफूसँग भएको ती ह्याकरले दाबी गरेका थिए । प्रमाणका रूपमा केही नेपालीका संवेदनशील जानकारी सार्वजनिक गरेका थिए । त्यस लगत्तै अप्रिल मध्यतिर उक्त समूहले नेपाल...

What's Your Reaction?






