जम्मूको आवासीय क्षेत्रमा पाकिस्तानको आक्रमण, त्रासमा सर्वसाधारण

काठमाडौं । शुक्रबार राति भारतस्थित जम्मू सहरको रेहरी कोलोनीमा पाकिस्तानले आक्रमण गरेको छ । स्थानीयहरूले बीबीसीलाई बताएअनुसार आक्रमणबाट धेरै घरमा क्षति पुगेको छ र धेरै सवारीसाधनका झ्यालहरू फुटेका छन् । पहिलो पटक सहरको मुटुमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरिएको छ । पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ ? भन्दै स्थानीयले प्रश्न गरेका छन् । राकेश […]

May 10, 2025 - 06:10
 0
जम्मूको आवासीय क्षेत्रमा पाकिस्तानको आक्रमण, त्रासमा सर्वसाधारण

काठमाडौं । शुक्रबार राति भारतस्थित जम्मू सहरको रेहरी कोलोनीमा पाकिस्तानले आक्रमण गरेको छ ।

स्थानीयहरूले बीबीसीलाई बताएअनुसार आक्रमणबाट धेरै घरमा क्षति पुगेको छ र धेरै सवारीसाधनका झ्यालहरू फुटेका छन् ।

पहिलो पटक सहरको मुटुमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरिएको छ ।

पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ ? भन्दै स्थानीयले प्रश्न गरेका छन् ।

राकेश गुप्ताले भने, ‘ठूलो विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुवाँले भरियो । जताततै डर र त्रासको वातावरण थियो । पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ ?’

आक्रमणबाट केही मानिस घाइते भएको र उनीहरूले नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

यसैबीच जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह पनि घटनास्थलमा पुगेका थिए । तर लडाकु विमानहरूमाथि उड्न थालेपछि तुरुन्तै त्यहाँबाट उनी फर्किएका थिए ।

‘हवाई आक्रमणको साइरन बजाइयो र मानिसहरूलाई क्षेत्र खाली गर्न भनियो,’ एक स्थानीयले बीबीसीसँग भने ।

भारतको दाबी : पाकिस्तानले तीन–चार सय ड्रोन घुसपैठ गर्‍यो, धेरै खसालियो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register