कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा बेपत्ता व्यक्तिको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालकोे गोताखोर परिचालन गरिएको छ ।कालिकोटको नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट शुक्रबार नुहाउने क्रममा नदीमा डुवेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ […]

May 10, 2025 - 07:18
 0
कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
काठमाडौँ। 

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा बेपत्ता व्यक्तिको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालकोे गोताखोर परिचालन गरिएको छ ।
कालिकोटको नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट शुक्रबार नुहाउने क्रममा नदीमा डुवेर बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटिएको छ । सो टोलीले आजै घटनास्थल पुगी उनको खोजीकार्य गर्ने छ ।

त्यसैगरी दैलेख जिल्लाकोे चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदिमा बेपत्ता भएका अन्दाजी १६ वर्षिय भुवन सार्किको खोजीकार्य जारी छ ।
कर्णाली नदीमा पोडी खेल्ने क्रममा शुक्रबार बेपत्ता भएको जनाकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेश डावबाट उनको खोजीकार्यको लागि सुरक्षाकर्मी खटाइएको छ । बेपत्ता उनकोहिजो (शुक्रबार ) साँझसम्म खोजीकार्य गर्दा फेला नपरेपछि कार्यालय फर्केको थियो भने सो टोलीले आज पनि खोजीकार्य जारी राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register