भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द

काठमाडौं । पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ । पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ती विमानस्थलहरूमा उडान सेवा स्थगित गरिएको छ । भारतीय नागरिक उड्डयन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा […]

May 10, 2025 - 11:16
 0
भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द

काठमाडौं । पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ती विमानस्थलहरूमा उडान सेवा स्थगित गरिएको छ ।

भारतीय नागरिक उड्डयन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उत्तर र पश्चिम भारतका ३२ विमानस्थलहरूमा अस्थायी रूपमा उडान बन्द गर्ने सूचना सम्बन्धित उड्डयन प्राधिकरणहरूले जारी गरेका छन् ।”

मन्त्रालयले सबै एअरलाइन्स तथा उडान सेवा प्रदायकहरूलाई हालको हवाई यातायात सूचना अनुसार वैकल्पिक मार्गको योजना बनाउन अनुरोध गरेको छ । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register