देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन् । पूर्वसांसद मञ्च नेपालद्वारा आयोजित ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान शासन प्रणालीविरुद्ध कुप्रचारले प्रश्रय पाएकाले सकारात्मक ढङ्गबाट सोच्ने र विश्लेषण गर्ने प्रवृत्तिको विकासमा जोड दिए । सकारात्मक विश्लेषणबाट देशको अवस्था पत्ता […]

काठमाडौं । सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन् ।
पूर्वसांसद मञ्च नेपालद्वारा आयोजित ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान शासन प्रणालीविरुद्ध कुप्रचारले प्रश्रय पाएकाले सकारात्मक ढङ्गबाट सोच्ने र विश्लेषण गर्ने प्रवृत्तिको विकासमा जोड दिए ।
सकारात्मक विश्लेषणबाट देशको अवस्था पत्ता लगाउने र कसरी अघि बढ्ने भन्नेबारे निर्णय गरी निर्णय कार्यान्वयन गर्ने विभिन्न व्यक्ति, क्षेत्र र अङ्गलाई सहयोग पु-याउन राजनीतिकर्मीलाई उनले आह्वानसमेत गरे ।
“व्यवस्था परिवर्तन भयो अवस्थामा भएन भन्ने भाष्यमा टेकेर आज फेरि इतिहास फर्काउन चाहने शक्ति र विचारहरु टाउको उठाइरहेका छन”, सभामुख घिमिरेले भने, “अहिलेका सन्दर्भमा देशको वर्तमान अवस्था के हो भन्नेमा राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको छ ।”
वर्तमान राजनीतिक व्यवस्था नै देशका लागि उपयुक्त हुने जिकिर गर्दै उनले विकासको गतिलाई तीव्रता दिन अत्यावश्यक भइसकेको धारणा व्यक्त गरे ।
“नेता प्रणालीअन्तर्गत नै परिवर्तन हुन्छ तर नीति र प्रणाली परिवर्तन गर्न जरुरी छैन, हुँदैन । यो नै पूर्ण वैज्ञानिक र सही प्रणाली अपनाएका छौँ”, सभामुख घिमिरेले भने, “प्रणालीभित्र पनि सरकारको अस्थिरता, नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने समयको अभाव र नेताहरुको परीक्षणको अभाव देखिएको छ ।” रासस
What's Your Reaction?






