जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय भिम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० […]

May 11, 2025 - 12:03
 0
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं ।

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय भिम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

 प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

 यसैगरी मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२ वर्षीय अमर तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

 यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-१ दुवाकोट वेशी बस्ने दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register