नीतिगत स्थिरताले मात्र अर्थतन्त्र बलियो बन्छ : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नीतिगत स्थिरता कायम नगरेसम्म आर्थिक जोखिम न्यूनीकरण हुन नसक्ने बताएका छन् । आज संसद्‌मा बोल्दै उनले भने, “राजनीतिक स्थिरता र नीतिगत स्थिरता फरक कुरा हुन् । धेरै देशहरूमा सरकार छोटो समयमा फेरिन्छन्, तर त्यहाँ नीतिगत स्थिरता भएकाले अर्थतन्त्र सङ्कटमा पर्दैन ।” हरेक वर्ष नीतिगत बहस आवश्यक […]

May 11, 2025 - 12:10
 0
नीतिगत स्थिरताले मात्र अर्थतन्त्र बलियो बन्छ : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नीतिगत स्थिरता कायम नगरेसम्म आर्थिक जोखिम न्यूनीकरण हुन नसक्ने बताएका छन् ।

आज संसद्‌मा बोल्दै उनले भने, “राजनीतिक स्थिरता र नीतिगत स्थिरता फरक कुरा हुन् । धेरै देशहरूमा सरकार छोटो समयमा फेरिन्छन्, तर त्यहाँ नीतिगत स्थिरता भएकाले अर्थतन्त्र सङ्कटमा पर्दैन ।”

हरेक वर्ष नीतिगत बहस आवश्यक नभएको बताउँदै झाले दीर्घकालीन र स्थिर नीतिहरू निर्माण गर्नुपर्नेमा जोड दिए ।

बहसलाई कार्यान्वयनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, “संसद्‌मा हुने बहस कार्यक्रममै केन्द्रित हुनुपर्छ । बारम्बार नीतिमा परिवर्तन हुँदा लगानीकर्ता अन्योलमा पर्छन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register