१ करोड ४९ लाखको बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं।   बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा काठमाडौं-३१ घर भई हाल बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्षीय विजय लम्साल रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लम्साललाई आइतबार काठमाडौं-२ लाजिम्पाटबाट पक्राउ गरेको हव। खगेन्द्रबहादुर सोपले उनीविरूद्ध बैङ्किङ कसुरको मुद्दा दर्ता गराएका थिए। १ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको […]

Mar 24, 2025 - 13:37
 0
१ करोड ४९ लाखको बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं। 

 बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा काठमाडौं-३१ घर भई हाल बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्षीय विजय लम्साल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लम्साललाई आइतबार काठमाडौं-२ लाजिम्पाटबाट पक्राउ गरेको हव।

खगेन्द्रबहादुर सोपले उनीविरूद्ध बैङ्किङ कसुरको मुद्दा दर्ता गराएका थिए। १ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बैङ्किङ कसुरको मुद्दा दर्तापछि उनी फरार थिए।

लम्सालको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत चार वटा मुद्दा दर्ता छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register