नेपालको निर्यात ६५.२ प्रतिशतले वृद्धि

झापा, २८ बैशाख । चालु आर्थिक वर्षको नौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार जारी गरेको मुलुकको ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले ९ महिनामा नेपालको निर्यात १८ खर्ब ८ अर्ब २० करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३।७ [...] The post नेपालको निर्यात ६५.२ प्रतिशतले वृद्धि appeared first on Jhapa Online.

May 11, 2025 - 13:59
 0
नेपालको निर्यात ६५.२ प्रतिशतले वृद्धि

झापा, २८ बैशाख । चालु आर्थिक वर्षको नौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैङ्कले आइतबार जारी गरेको मुलुकको ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले ९ महिनामा नेपालको निर्यात १८ खर्ब ८ अर्ब २० करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३।७ प्रतिशतले कमी भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो,चिया, जुटका सामान, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क शिट, अदुवा, जुस, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३० खर्ब ९ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.७ प्रतिशत, १४.४ प्रतिशत र २४.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल–धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाई जहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.८ प्रतिशतले कमी आएको थियो ।

The post नेपालको निर्यात ६५.२ प्रतिशतले वृद्धि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register