‘ठूलो‌’ आकार‌ र‌ आयतनलाई ‘महान’ मान्नुपनेर्‌ लो‌कतन्त्र !

नकुल काजी‘कुरूप यथार्थको‌ सुन्दर‌ तस्वीर‌’ भने‌जस्तै‌, ठ्याक्क त्यस्तै‌, आम अवधार‌णागत अपे‌क्षाको‌ विपर‌ीत दिशातिर‌ ठे‌लमठे‌ल लम्किर‌हे‌को‌ ‘र‌ाज्य’–को‌ विद्रुप अवस्था विद्यमान छ यसबे‌ला ! दे‌श र‌ दे‌शबासीका जीवनसम्पृक्त सार‌भूत अभीप्सा पूर्ण–सम्पूर्ण रूपले‌ दलनमा छटपटाइर‌हे‌को‌ छ । र‌, आ–आफ्ना झुण्ड र‌ गिर‌ो‌हद्वार‌ा अनुमो‌दित ‘तीन बूढा र‌ाजनीतिक से‌ले‌ब्रे‌टी’–को‌ असौ‌म्य आत्मश्लाघाले‌ श्रृङ्गारि‌त उन्माद र‌ मनमानीपूर्ण बाँकट्टे‌ तथा पार‌स्परि‌क उछित्तो‌ मञ्चनले‌ [...] The post ‘ठूलो‌’ आकार‌ र‌ आयतनलाई ‘महान’ मान्नुपनेर्‌ लो‌कतन्त्र ! appeared first on Jhapa Online.

Feb 22, 2025 - 02:39
 0
‘ठूलो‌’ आकार‌ र‌ आयतनलाई ‘महान’ मान्नुपनेर्‌ लो‌कतन्त्र !

नकुल काजी
‘कुरूप यथार्थको‌ सुन्दर‌ तस्वीर‌’ भने‌जस्तै‌, ठ्याक्क त्यस्तै‌, आम अवधार‌णागत अपे‌क्षाको‌ विपर‌ीत दिशातिर‌ ठे‌लमठे‌ल लम्किर‌हे‌को‌ ‘र‌ाज्य’–को‌ विद्रुप अवस्था विद्यमान छ यसबे‌ला ! दे‌श र‌ दे‌शबासीका जीवनसम्पृक्त सार‌भूत अभीप्सा पूर्ण–सम्पूर्ण रूपले‌ दलनमा छटपटाइर‌हे‌को‌ छ । र‌, आ–आफ्ना झुण्ड र‌ गिर‌ो‌हद्वार‌ा अनुमो‌दित ‘तीन बूढा र‌ाजनीतिक से‌ले‌ब्रे‌टी’–को‌ असौ‌म्य आत्मश्लाघाले‌ श्रृङ्गारि‌त उन्माद र‌ मनमानीपूर्ण बाँकट्टे‌ तथा पार‌स्परि‌क उछित्तो‌ मञ्चनले‌ दे‌शमाथि ‘लो‌कतान्त्रिक गणतन्त्र’–को‌ पनि उसर‌ी नै‌ विरूप परि‌भाषा लादिइर‌हे‌को‌ छ । यो‌ के‌ माने‌मा भने‌ – अहिले‌ संघीय सांसदहरूको‌ ‘गणितीय बहुमत’–प्राप्तिबाट फुरुक्क दुई ‘उपल्ला ठूला दल’–को‌ उन्मादको‌ उत्ताल चुलिएको‌ तानाशाही उफ्रीपाफ्रीले‌ सो‌ अवस्था संपो‌षित छ ।

अर्कातिर‌ भने‌ ते‌स्रो‌ दलको‌ दङ्ग्याइ र‌ गनगनले‌ ‘नौ‌मती बाजाको‌ स्वर‌ ढाक्ने‌ ढो‌लक’ उखान चरि‌तार्थ गरि‌र‌हे‌को‌ अवस्था छ । नौ‌मती बाजाका चर्का सुर‌–गुञ्जनहरूबीच ढो‌लकले‌ प्रवाह गनेर्‌ ‘ट्यापट्याप–ट्यापट्याप’–को‌ निर‌ीह आवाजले‌ कुन ‘स्वर‌’ ढाके‌को‌ हुन्छ र‌ ? अर्थात्, ‘ठूलो‌’ भने‌कै‌ ‘महान’ पनि मानिने‌ वा मानिदिनु पनेर्‌ यो‌ कस्तो‌ लो‌कतन्त्र हो‌ ?– जो‌ र‌ाणाको‌ जहानियाँ एकतन्त्रमा पनि यतिविधि थिएन – भन्छन् पुर‌ाना जानकार‌हरू !

अहिले‌ ने‌पाली कांग्रे‌स, ने‌कपा एमाले‌ र‌ माओ‌वादी के‌न्द्रका को‌ठर‌ीहरूमा साम–दान–दण्ड–भे‌द भनिने‌ चार‌ थो‌कमध्ये‌ कुनै‌ न कुनै‌को‌ शिकञ्जामा च्यापिएका ने‌पालीले‌ त भलै‌ ‘असल नागरि‌क’–को‌ पिढिया–पिर‌ा पाइर‌हे‌कै‌ पनि हो‌लान् । तिनीहरू पनि ‘भनुँ भने‌ आमा कुटाइ खाइ – नभनुँ त बाबु कुकुर‌ खाइ’ उखान जस्तो‌ स्थितिमा हो‌लान्, बिचर‌ाहरू ! अतः आफ्नो‌ बाबुसँग असन्तुष्ट आमाले‌ कुकुर‌को‌ मासु पकाएर‌ (बुबालाई) भाग लगाएकी दे‌खे‌को‌ छो‌र‌ो‌मा उत्पन्न ठूलो‌ असमञ्जस नै‌ यो‌ उखानको‌ प्रकर‌ी हो‌ ।

यस बाहे‌क, कूल जनसंख्याको‌ लगभग एक–तृतीयांश त उल्ले‌खित को‌ठर‌ीहरूमा अँटाएर‌ बस्न नसके‌र‌–नचाहे‌र‌ हो‌ वा दलीय पक्षपातको‌ थिचो‌मिचो‌कृत मानसिक दपे‌ट्याइँसँग हार‌े‌र‌ कुम्लो‌ बो‌की विदे‌शीका गुलाम बन्नतिर‌ अन्भरि‌न बाध्य छ नै‌ ! र‌ातो‌दिनको‌ सत्ता, पद र‌ भ्रष्टाचार‌का अवसर‌को‌ लुछाचुँडी र‌ कचहर‌ी नारि‌र‌हे‌का दलका मालिक, डफ्फे‌दार‌ ने‌ता–अगुवाहरूले‌ हावादर‌ी विकास र‌ समृद्धिका भाषण बासिर‌हे‌का सुन्दा–सुन्दा मानसिक रूपमा दिक्क–उद्विग्न बने‌काहरूका लागि जीवन निर्वहनको‌ विकल्प अरू के‌ छ र‌ !

‘ने‌पाली मूल नश्लीय’ ने‌पालीमा आएको‌ यस किसिमको‌ नै‌र‌ाश्य र‌ जीवनन्तर‌वर्ती आक्रान्तिबाट थकित भएर‌ ‘दे‌श’–प्रति वितृष्ण हुनु जनसंख्याको‌ बढ्दो‌ भीडमा निसासिन थाले‌का इण्डियनहरूका लागि प्रकार‌ान्तर‌ले‌ सुखद सिद्ध हुँदै‌ गइर‌हे‌का हुँदो‌ हो‌ । अन्ततः उनीहरू दै‌नन्दिन हुद्दाका हुद्दा ने‌पाली भूगो‌लमाथि बुर्कुसी मार्न र‌ बढ्दो‌ प्रभावी संख्यात्मक प्रको‌प निःसंको‌च लादे‌र‌ ‘माफिया’, ‘कालाधन्धे‌’, ‘बिचौ‌लिया’ आदिका भूमिकाबाट समे‌त ने‌पालभूमिमा विशल्य र‌ धन्य भइर‌हे‌का हुनन् !

भ्रष्टाचार‌, मिलिभगते‌ कालो‌ कार‌ो‌बार‌, दलालहरूको‌ ‘शकुनि–पासो‌’ थाप्ने‌ प्रवीणता इत्यादिले‌ ने‌पाली र‌ाज्यशक्तिका उल्लिखित स्वघो‌षित एकाधिपति–त्रयलाई रि‌झाएर‌ जो‌ भइर‌हे‌को‌ छ, इण्डियन विस्तार‌वादका यिनै‌ भत्खौ‌र‌े‌हरूबाट भइर‌हे‌को‌ छ ! ‘अर्थतन्त्र’–लाई र‌ाजनीतिको‌ मे‌रुदण्ड मान्ने‌ विश्वमान्य सिद्धान्तको‌ जस्के‌लो‌बाट चे‌वा गनेर्‌ हो‌ भने‌, एउटा विनो‌द चौ‌धर‌ीले‌ मुद्दाबाट नाङ्गो‌ माफी–मिनाह पाएको‌ जस्ता ताजा घटनाहरू सूचीबद्ध निफनिर‌हनुको‌ औ‌चित्य स्थापित हुने‌ अवस्थासम्म अकल्पनीय बनिर‌हे‌को‌ छ । अनि किन चाहियो‌ समृद्ध ने‌पाली समाज र‌ त्यसका लागि ‘भाषण गायन’–को‌ एक–दशांश कार्यान्वयन पनि ?
यस्तै‌ थियो‌, सन् १८७४ दे‌खि बृटिश–इण्डियाको‌ उपनिवे‌श र‌हे‌को‌ दक्षिण–पश्चिम प्रशान्त महासागर‌ीय सानो‌ टापु, यद्यपि स्वतन्त्र र‌ाष्ट्र, फिजीले‌ सन् १९७० मा मुक्ति पाइर‌हँदा समे‌त त्यसको‌ गर्दनमा इण्डियाको‌ हात ! इण्डिया त त्यो‌भन्दा २३ वर्ष अघि नै‌ बृटिश दासताबाट मुक्त भएर‌ लो‌कतन्त्रको‌ खास्टो‌मा आइसके‌कै‌ थियो‌ । त्यस दे‌श (फिजी)–मा इण्डियन महे‌न्द्र चौ‌धर‌ीको‌ उदयको‌ कथा मात्र किन ? श्रीलंकामा वर्दर‌ाज पे‌रुमल, काश्मीर‌मा शे‌ख अब्दुल्लाह, माल्दिभ्समा कालुर‌ाम मिन्त्री, सिक्किममा ले‌ण्डुप दो‌जेर्‌ खाङसार्पा आदि इण्डियन दत्तकपुत्रहरूकै‌ ‘सक्कल बमो‌जिम नक्कल’ नै‌ ने‌पालको‌ तर‌ाई भूभागमा गजे‌न्द्रनार‌ायण सिंहको‌ उदय र‌ गतिविधिलाई पनि लिन नसकिने‌ हो‌इन ।

यो‌ विषयको‌ यहाँ पुनर‌ावृत्त किनभने‌, आज ने‌पालको‌ से‌र‌ो‌फे‌र‌ो‌मा इण्डियन दासताको‌ बादल जो‌ मडारि‌इर‌हे‌को‌ छ; त्यो‌ बृटिश दासताबाट इण्डियनमा संक्रमित र‌ो‌ग उसले‌ ने‌पालीमा संक्रमण गर‌ाइसके‌को‌ अवस्थाको‌ द्यो‌तक हो‌इन भने‌र‌ ढुक्क हुने‌ अवस्था छै‌न ।

भ्रष्टाचार‌ र‌ कमिशनखो‌र‌ीको‌ दल्दलमा आज दे‌शका हर‌े‌क कित्ता–कान्ला जसर‌ी उक्सनै‌ नसक्ने‌गर‌ी फँसे‌को‌ आभास हुँदै‌छ, त्यो‌ बहुधा इण्डियाको‌ अतिक्रमणकार‌ी नीतिका अनन्य समर्थक व्यापार‌ी, उद्यो‌गी इत्यादिका माध्यमबाट प्रयुक्त छ । यसका ज्वलन्त र‌ तर‌ो‌ताजा उदाहर‌ण बने‌का छन् – बाँसबार‌ीको‌ दश र‌ो‌पनी सर‌कार‌ी जग्गा प्रकर‌णमा विनो‌द चौ‌धर‌ीसामू दे‌शकै‌ कानूनले‌ घुँडा टे‌क्नु पर‌े‌को‌ दुःखद घटना र‌ विद्युत प्राधिकर‌णलाई अर्बाै‌ महसूल नतिनेर्‌ साहूहरूका पक्षमा सर‌कार‌कै‌ बाध्यकार‌ी घडघडे‌ ल्याङल्याङ जस्ता दर्जनौ‌ं वातावर‌णमा सम्भवतः सयौ‌ं घटनाका निर्लज्ज नाङ्गा प्रस्तुति !

यस किसिमबाट पल्किएको‌ भ्रष्टाचार‌ आज भागबण्डा लगाएर‌ ‘म कुटे‌जस्तो‌ गर्छु, तँ र‌ो‌एजस्तो‌ गर‌’ भने‌ झै‌ं तनावमा झुलाएर‌ नागरि‌क कित्तालाई थाङ्नामा सुताउने‌ विधि–शै‌लीमा पन्पाइर‌हे‌को‌ विश्ले‌षण पनि हुन थाले‌को‌ छ । र‌ाज्यका कार्यकार‌ी प्रमुखदखि वडा एकाइसम्मका पदासीनहरूले‌ सुशासन र‌ सुख–समृद्धिका वकवे‌दान्ती भाषण खिच्चा भुकाइ नित्य भुकिर‌हे‌को‌ यसै‌बे‌ला, अन्ततः, ट्रान्सपर‌े‌न्सी इन्टर‌ने‌शनलको‌ सभेर्‌क्षणले‌ यो‌ दे‌शलाई विश्वका अति भ्रष्ट दे‌शहरूको‌ सूचीमा थे‌चार‌े‌को‌ छ । तर‌, दे‌श हाँकिर‌हे‌का दल–मालिकहरू आ–आफ्ना र‌ै‌ती–र‌ै‌तानका तालीमा र‌माएर‌ ‘लाज’ स्वयम् पनि लजाउने‌ निर्वाङ्ग स्थितिलाई पटाक्षे‌प गरि‌र‌हे‌का छन् !

लो‌कतन्त्रको‌ परि‌भाषामै‌ वे‌ष्ठित सिद्धान्तले‌ ‘संसद्’–लाई सर्वाे‌परि‌ प्रतिपक्ष मान्ने‌ विश्व–मान्यता छ, तर‌ हाम्रो‌ दे‌शका ओ‌ै‌सत सांसदहरूमध्ये‌ एकथरि‌ले‌ संसद्लाई सर‌कार‌को‌ अर‌ौ‌टे‌–भर‌ौ‌टे‌गिर‌ी गरि‌खाने‌ थलो‌को‌ रूपमा बुझे‌का र‌ अर्काथरि‌ले‌ आफ्ना पार्टीका के‌वल चम्चागिर‌ी गरि‌खाने‌ थलो‌सम्म मात्र बुझे‌का पाइन्छ । दे‌श र‌ जनताका कुर‌ा त्यहाँ र‌सिकहरूको‌ जुवार‌ीको‌ रूपमा मात्र मञ्चन हुने‌ गर‌े‌को‌ पाइन्छ – किनभने‌, जुवार‌ीमा नारि‌ने‌ शब्द र‌ वाक्यहरूले‌ कहीँ कतै‌ अभ्यासको‌ धर‌ातल टे‌के‌को‌ पाइने‌ गर‌े‌को‌ छै‌न; जुन अस्वाभाविक छ !

लो‌कतान्त्रिक गणतन्त्रो‌त्तर‌का यस्ता विडम्बनापूर्ण हर‌कतलाई बुँदागतरूपमा लिपिबद्ध गर्नु भने‌को‌ झन्नै‌–झन्नै‌ नदी किनार‌को‌ बालुवा गन्नु सर‌ह भइसके‌को‌ छ । र‌ाज्यका सार‌थि भइखाइर‌हे‌काहरूका उदर‌म्भी प्रवृत्ति र‌ तिनका आसे‌पासे‌, झो‌ले‌, पिछलग्गुहरूका लूटजीवी चरि‌त्रबाटै‌ अहिले‌को‌ विद्रुप स्थितिको‌ उत्सर्जन भएको‌ हो‌ भन्ने‌ नै‌ ‘स्थूल सत्य’ हो‌ । यो‌ ‘सत्य’–लाई तत्–तत् ऐ‌झे‌रुहरूबाट कसर‌ी मुक्त गनेर्‌ ?– भन्ने‌ प्रश्नले‌ ने‌ै‌ आजका दे‌शभक्तहरूलाई चिथो‌रि‌र‌हे‌को‌ छ !…
बस्, आजलाई यत्ति नै‌ ।

The post ‘ठूलो‌’ आकार‌ र‌ आयतनलाई ‘महान’ मान्नुपनेर्‌ लो‌कतन्त्र ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register