४२ बोरा गाँजासहित दुई वटा सवारी र ३ जना पक्राउ

झापा, १६ बैशाख । धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका–५ स्थितबाट ना. ५ख ६१५७ नम्वरको ट्रकमा लोड [...] The post ४२ बोरा गाँजासहित दुई वटा सवारी र ३ जना पक्राउ appeared first on Jhapa Online.

Apr 29, 2025 - 07:35
 0
४२ बोरा गाँजासहित दुई वटा सवारी र ३ जना पक्राउ

झापा, १६ बैशाख । धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख १५ गते राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका–५ स्थितबाट ना. ५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका(५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, विशेष सूचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जु गाँउपालिका–३ स्थितबाट प्र १–०२–००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारेसँगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका–९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ ।

गाँजा बोकेको २ वटा सवारी साधनसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

The post ४२ बोरा गाँजासहित दुई वटा सवारी र ३ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register