हिरासतमै भेट्न पुगेका मिटरब्याज पीडितलाई रविले भने- ‘धैर्य गर्नुस्, न्याय मिल्छ’ 

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएका रवि लामिछानेलाई भेट्न मिटरब्याज पीडित कारागारमै पुगेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलीले रविलाई कारागारमै भेटेको हो ।  रविलाई भेट्न भैरहवास्थित रुपन्देही जिल्ला कारागार पुगेका उनीहरुले सरकारले आफूहरुका समस्याप्रति बेवास्ता गरेको गुनासो गरेका थिए ।  रवि लामिछाने […]

May 12, 2025 - 12:50
 0
हिरासतमै भेट्न पुगेका मिटरब्याज पीडितलाई रविले भने- ‘धैर्य गर्नुस्, न्याय मिल्छ’ 

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएका रवि लामिछानेलाई भेट्न मिटरब्याज पीडित कारागारमै पुगेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलीले रविलाई कारागारमै भेटेको हो । 

रविलाई भेट्न भैरहवास्थित रुपन्देही जिल्ला कारागार पुगेका उनीहरुले सरकारले आफूहरुका समस्याप्रति बेवास्ता गरेको गुनासो गरेका थिए । 

रवि लामिछाने गृहमन्त्री हुँदा मिटरब्याज पीडितको समस्या समाधानका लागि गरिएका सम्झौता नयाँ सरकार गठनपछि कार्यान्वयन नभएको भन्दै उनीहरुले रविसँग गुनासो पोखेका थिए । उनीहरुले बरु अहिले उल्टै मिटरब्याज पीडितमाथि मुद्दा चलाउने काम भइरहेको पनि बताएका थिए ।

त्यस्तै, उनीहरुसँग रास्वपा सभापति समेत रहेका लामिछानेले अहिले आफैँ सरकारबाट पीडित भएको बताएका छन् । उनले अहिले आफू पनि न्यायका लागि लजाई लडिरहेको भन्दै मिटरब्याज पीडितलाई पनि धैर्य गर्न भनेका छन् । उनले मिटरब्याज पीडितलाई एक भएर अघि बढ्न हौसला दिँदै एकदिन अवश्य न्याय पाउने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register