माछापुच्छ्रे बैंकका सीईओलाई भत्तासहित एक वर्षमा पौने २ करोड भुक्तानी, सञ्चालकको बैठक भत्तामा २१ लाख खर्च

काठमाडौँ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई एक वर्षमा तलब भत्ताबापत पौने २ करोड रुपैयाँ भुक्तानी गरिएको छ । बैंकले गत आर्थिक वर्षमा मात्रै बैंकका सीईओलाई तलब भत्ताबापत कुल १ करोड ८६ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको हो । जसमध्ये तलब बापत मात्रै सीईओलाई ७४ लाख १९ हजार रुपैयाँ भुक्तानी गरिएको छ । […]

Jan 6, 2025 - 11:20
 0
माछापुच्छ्रे बैंकका सीईओलाई भत्तासहित एक वर्षमा पौने २ करोड भुक्तानी, सञ्चालकको बैठक भत्तामा २१ लाख खर्च

काठमाडौँ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई एक वर्षमा तलब भत्ताबापत पौने २ करोड रुपैयाँ भुक्तानी गरिएको छ । बैंकले गत आर्थिक वर्षमा मात्रै बैंकका सीईओलाई तलब भत्ताबापत कुल १ करोड ८६ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

जसमध्ये तलब बापत मात्रै सीईओलाई ७४ लाख १९ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

त्यस्तै, भत्ता बापत ६७ लाख २० हजार, सुविधा बापत १६ लाख ३४ हजार र बोनस भत्ता बापत २९ लाख ७ हजार रुपैयाँ भुक्तानी गरिएको बैंकले जनाएको छ । बैंकबाट सीईओले लिएको तलब भत्ताबापत ३९ प्रतिशतसम्म कर राज्यलाई गएको छ ।

यता सोही अवधिमा बैंकले सञ्चालकको बैठक भत्तामा २१ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ । जसअन्तर्गत प्रति बैठक अध्यक्षलाई १८ हजार र सञ्चालकलाई १५ हजार ५ सय रुपैयाँ भुक्तानी गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register