भारत–पाकिस्तान वार्ता : सीमा क्षेत्रबाट सेनाको संख्या घटाउनेलगायत विषयमा छलफल

काठमाडौं । भारत र पाकिस्तानबीच द्वन्द्व रोक्ने सहमति भएपछि सोमबार साँझ ५ बजे दुवै देशका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) बीच वार्ता भएको थियो । भारतीय सेनाका स्रोतहरूले यस वार्तामा दुबै पक्षले एक गोली पनि नचलाउने वा कुनै पनि प्रकारका आक्रमण सुरु नगर्नेलगायत अन्य मुद्दामा छलफल गरेको बताएका छन् । स्रोतका अनुसार दुवै पक्षले सीमा क्षेत्र […]

May 13, 2025 - 04:08
 0
भारत–पाकिस्तान वार्ता : सीमा क्षेत्रबाट सेनाको संख्या घटाउनेलगायत विषयमा छलफल

काठमाडौं । भारत र पाकिस्तानबीच द्वन्द्व रोक्ने सहमति भएपछि सोमबार साँझ ५ बजे दुवै देशका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) बीच वार्ता भएको थियो ।

भारतीय सेनाका स्रोतहरूले यस वार्तामा दुबै पक्षले एक गोली पनि नचलाउने वा कुनै पनि प्रकारका आक्रमण सुरु नगर्नेलगायत अन्य मुद्दामा छलफल गरेको बताएका छन् ।

स्रोतका अनुसार दुवै पक्षले सीमा क्षेत्र र अग्रपंक्तिबाट सेनाको संख्या घटाउन तत्काल कदम चाल्ने बारेमा विचार गर्ने सहमति भएको छ ।

भारतका डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घई ।

सोमबार एक पत्रकार सम्मेलनमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले भने, ‘पाकिस्तानी वायुसेनाले भारतको बहु–स्तरीय रक्षा क्षेत्रमा प्रवेश गर्ने र भारतीय हवाई क्षेत्र वा रसद प्रतिष्ठानहरूलाई लक्षित गर्ने कुनै सम्भावना छैन ।’

यसैबीच, भारतीय सेनाले सोमबार राति अबेर जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको बताएको छ ।

पहलगाममा भएको आक्रमणलाई लिएर भएको चार दिनको सैन्य द्वन्द्वपछि मे १० मा दुई देशबीच यसलाई रोक्ने सम्झौता भएको थियो ।

भारतीय सेनाले भन्यो : जम्मू–कश्मीरको साम्बामा शंकास्पद ड्रोन देखिए

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register