महिला खेलाडीलाई चुम्बन गरेको घटनामा रुबिअलेस दोषी ठहर

काठमाडौं । महिला खेलाडीलाई अश्लील चुम्बन गरेको आरोपमा स्पेनिस फुटबल सङ्घका तत्कालीन अध्यक्ष लुइस रुबिअलेस दोषी ठहर भएका छन् । उनलाई स्पेनको उच्च अदालत दोषी ठहर गर्दै जरिवानासहित केही सजायसमेत तोकेको छ । रुबिअलेसलाई १० हजार ८०० युरोसहित पीडित फुटबलर जेनी हर्मोसोसँग भेट हुँदा उनीबाट २०० मिटर टाढा बनुपर्ने र एक वर्षसम्म सम्पर्क गर्न नपाउने […]

Feb 21, 2025 - 06:44
 0
महिला खेलाडीलाई चुम्बन गरेको घटनामा रुबिअलेस दोषी ठहर

काठमाडौं । महिला खेलाडीलाई अश्लील चुम्बन गरेको आरोपमा स्पेनिस फुटबल सङ्घका तत्कालीन अध्यक्ष लुइस रुबिअलेस दोषी ठहर भएका छन् ।

उनलाई स्पेनको उच्च अदालत दोषी ठहर गर्दै जरिवानासहित केही सजायसमेत तोकेको छ ।

रुबिअलेसलाई १० हजार ८०० युरोसहित पीडित फुटबलर जेनी हर्मोसोसँग भेट हुँदा उनीबाट २०० मिटर टाढा बनुपर्ने र एक वर्षसम्म सम्पर्क गर्न नपाउने गरी प्रतिबन्ध लगाउने फैसला अदालतले गरेको छ ।

फुटबल सङ्घका तत्कालीन अध्यक्ष रुबियालेसले सन् २०२३ को अगस्टमा स्पेनले महिला विश्वकप जितेपछि पदक वितण समारोहका क्रममा खेलाडी हर्मोसोको सहमतिबिना चुम्बन आठमा चुम्बन गरेका थिए । अष्ट्रेलियामा भएको उक्त प्रतियोगितामा इङ्गल्यान्डलाई हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको थियो ।

यसअघि बिबिअलेसले चुम्बन आपसी सहमतिमा भएको दाबी गर्दै आएका थिए । तर हर्मोसाले भने सहमतिमा नभएको स्पष्ट पारेकी थिइन् ।

अदालतको फैसलाविरुद्ध आफूले पुनरावेदन गर्ने रुबिअलेसले बताएका छन् ।

चुम्बन प्रकरणमा मुछिएपछि उनी पहिले निलम्बनमा परेका थिए । पछि उनले पद नै गुमाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register