सुनको मूल्य आज पनि घट्यो, चाँदीको भने बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मङ्गलबार) पनि घटेको छ । सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन आज तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार पनि घटेको थियो । सोमबार तोलामा तीन हजार ७ सय रुपैयाँले […]

May 13, 2025 - 06:38
 0
सुनको मूल्य आज पनि घट्यो, चाँदीको भने बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मङ्गलबार) पनि घटेको छ । सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार पनि घटेको थियो ।

सोमबार तोलामा तीन हजार ७ सय रुपैयाँले घटेर एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर आज एक हजार ९७० मा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register