चैत १५ गते वृहत् जनसभा गर्ने तयारीमा समाजवादी मोर्चा, दिउँसो पत्रकार सम्मेलन गर्दै

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा आज (शुक्रबार) बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि शनिबार बिहान ११ बजेबाट बुद्धिजीवी, नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने […]

Mar 14, 2025 - 04:26
 0
चैत १५ गते वृहत् जनसभा गर्ने तयारीमा समाजवादी मोर्चा, दिउँसो पत्रकार सम्मेलन गर्दै

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा आज (शुक्रबार) बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि शनिबार बिहान ११ बजेबाट बुद्धिजीवी, नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ ।

संसदमा रहेकासँगै बाहिर रहेका दलहरूसँग छलफल गर्ने र गणतन्त्र रक्षा तथा समाजवादतिरको यात्रालाई सहज बनाउने वातावरण निर्माण गर्ने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

मोर्चाले गणतन्त्र पक्षधरलाई एक ठाउँमा ल्याएर जनप्रदर्शन गर्ने तयारीमा छ ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत राजसंस्था पक्षधर समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।

त्यसका लागि आज दिउँसो २ः३० बजेपछि पत्रकार सम्मेलनमार्फत् जनतालाई अपिल गर्ने मोर्चाको तयारी गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register