नेपाल हङकङसँग पराजित

काठमाडौं । आईसीसी टी–२० महिला क्रिकेटको एसिया कप छनोटमा नेपाल हङकङसँग पराजित भएको छ । मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो । यससँगै नेपालको छनोटमा पुग्ने सम्भावना लगभग सकिएको छ । ३० रनको लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । हङकङका लागि शानजीन शहजाद १५ रनमा अविजित […]

May 13, 2025 - 11:26
 0
नेपाल हङकङसँग पराजित

काठमाडौं । आईसीसी टी–२० महिला क्रिकेटको एसिया कप छनोटमा नेपाल हङकङसँग पराजित भएको छ ।

मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो । यससँगै नेपालको छनोटमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

३० रनको लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । हङकङका लागि शानजीन शहजाद १५ रनमा अविजित रहिन् । नेपालका लागि कविताले २ विकेट लिइन् ।

पहिले ब्याटिङ गरेको नेपालले ५ ओभर खेलेर नेपालले ३ विकेटको क्षतिमा २९ रन बनाएको थियो । नेपालका लागि सम्झाना खड्काले १० रन बनाउँदा कप्तान इन्दु बर्मा ९ रनमा अविजित रहिन् ।

हङकङका लागि एलिसन सिउल ३ विकेट लिइन् । वर्षाका कारण निर्धारित समयभन्दा ढिला सुरु भएको खेल ५ ओभरमा झारिएको थियो ।

हङकङविरुद्धको पहिलो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए । दोस्रो खेलमा नेपालले बहराइनलाई पराजित गरेको थियो ।

अब बिहीबार हुने खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register