गभर्नर बन्न अयोग्य रहेको दाबीसहित विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट !

काठमाडौँ । गभर्नरका लागि नेपाली काँग्रेसले प्रस्ताव गरेका डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट निवेदश पेश गरेका हुन् ।  पौडेललाई गभर्नर बनाउन लागिएको चर्चासँगै उनी राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य भएको दाबी गर्दै पौडेलविरुद्ध रिट निवेदन पेश गरिएको हो ।  रिट निवेदनमा […]

May 13, 2025 - 11:32
 0
गभर्नर बन्न अयोग्य रहेको दाबीसहित विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट !

काठमाडौँ । गभर्नरका लागि नेपाली काँग्रेसले प्रस्ताव गरेका डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट निवेदश पेश गरेका हुन् । 

पौडेललाई गभर्नर बनाउन लागिएको चर्चासँगै उनी राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य भएको दाबी गर्दै पौडेलविरुद्ध रिट निवेदन पेश गरिएको हो । 

रिट निवेदनमा पौडेल राजनीतिक दलको सदस्य भएको र राष्ट्र बैंक ऐन, २०५८ अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर बन्न नपाउने भन्दै उनीविरुद्ध अधिवक्ताद्वयले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश गरेका हुन् । 

गभर्नरका मुख्य दाबेदारसमेत रहेका डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नभएपछि र नहुने देखेपछि काँग्रेसले गभर्नरका लागि पौडेलको नाम अघि सारेको थियो । स्रोतका अनुसार पौडेललाई गभर्नर नियुक्ति गर्ने विषयमा एमाले र नेपाली काँग्रेसबीच सहमति जुटिसकेको थियो । तर, गभर्नर बन्न पौडेल अयोग्य भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ । 

पौडेल २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेका व्यक्ति हुन् । उनी चितवन-१ मा हरि ढकालसँग पराजित भएका थिए । गभर्नर बन्ने चर्चाकाबीच राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पौडेलले गभर्नर सिफारिस समितिमा सदस्यबाट राजिनामा दिइसकेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register