अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई सरकारले एनओसी नदिने 

काठमाडौँ । सरकारले अध्ययनका लागि दक्षिण कोरिया जाने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनओसी स्थगित गरेको जनाएको छ ।  एनओसी स्थगित गर्दै मन्त्रालयले अब डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने र कार्यदलले दिने प्रतिवेदनका आधारमा […]

May 13, 2025 - 12:53
 0
अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई सरकारले एनओसी नदिने 

काठमाडौँ । सरकारले अध्ययनका लागि दक्षिण कोरिया जाने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनओसी स्थगित गरेको जनाएको छ । 

एनओसी स्थगित गर्दै मन्त्रालयले अब डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने र कार्यदलले दिने प्रतिवेदनका आधारमा थप निर्णय लिइने जनाएको छ । 

हाल भने मन्त्रालयले सूचनामार्फत दक्षिण कोरियामा डी टू र डी फोर भिसामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी दिन स्थगित गरिएको उल्लेख गरेको छ । 

भाषा तथा अध्ययनका लागि भन्दै कोरिया जाने तर सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकता दिँदा अध्ययनको निरन्तरतामा समस्या आउने, पैसा कमाउनेतर्फ लाग्नेहरुले स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने र कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी पठाउने गरेको भन्दै तत्कालका लागि सरकारले एनओसी स्थगित गरेको जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register