एक वर्षमा सवारी दुर्घटनाबाट दुई हजार ३६९ जनाको मृत्यु

काठमाडौं । एक वर्षमा सवारी साधन दुर्घटनाबाट २ हजार ३६९ जनाको मृत्यु भएको देखिएको छ । महालेखापरीक्षकले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ३६९ व्यक्तिले सवारी साधन दुर्घटनाबाट ज्यान गुमाएको देखिएको हो । समीक्षा अवधिमा २२ हजार ९२७ सवारी साधन दुर्घटना भएको छ । जसमा ६ हजार १६० […]

May 14, 2025 - 13:03
 0
एक वर्षमा सवारी दुर्घटनाबाट दुई हजार ३६९ जनाको मृत्यु

काठमाडौं । एक वर्षमा सवारी साधन दुर्घटनाबाट २ हजार ३६९ जनाको मृत्यु भएको देखिएको छ । महालेखापरीक्षकले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ३६९ व्यक्तिले सवारी साधन दुर्घटनाबाट ज्यान गुमाएको देखिएको हो ।

समीक्षा अवधिमा २२ हजार ९२७ सवारी साधन दुर्घटना भएको छ । जसमा ६ हजार १६० गम्भीर घाइते भएका थिए भने २५ हजार ९९६ सामान्य घाइते भएका थिए ।

अघिल्लो आवको तुलनामा गत आवमा सवारी साधन दुर्घटना २ दशमलव ८ प्रतिशतले वृद्धि भएको देखिन्छ । त्यस्तै, ट्राफिक प्रहरीको पछिल्लो पाँच वर्षको प्रतिवेदनअनुसार सवारी दुर्घटना औसत वृद्धिदर १२ दशमलव ४८ प्रतिशत रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register