माया राईलाई १० लाख धरौटीमा छोड्न अदालतको आदेश 

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकी सांसद माया राईलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  राईलाई स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले बैशाख १३ गते पक्राउ गरेको थियो ।  राई २०७३ […]

May 14, 2025 - 13:03
 0
माया राईलाई १० लाख धरौटीमा छोड्न अदालतको आदेश 

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकी सांसद माया राईलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

राईलाई स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले बैशाख १३ गते पक्राउ गरेको थियो । 

राई २०७३ कार्तिक ६ देखि २०७४ मंसिर ४ सम्म स्वर्णलक्ष्मी सहकारीमा सदस्य थिइन् । पछि २०७४ मंसिर ४ गते देखि २०७६ भदौ २१ गतेसम्म उनी सहकारीमा सहसचिव भएर काम गरेकी थिइन् । सोही समयमा उनले सहकारीको २ करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ हिनामिना गरेको देखिएको प्रहरीले जनाएको छ । 

राईविरुद्ध सरकारी वकिल कार्यालयले ३७ लाख ३५ हजार बिगो मागदाबी गर्दै जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । बुधबार उनलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register