ताइवानी अभिनेत्री बार्बी शूको निधन

काठमाडौं । ताइवानकी अभिनेत्री बार्बी शूको निमोनियाका कारण निधन भएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार बार्बी जापानको यात्राका क्रममा बिरामी भएकी थिइन् । बार्बीकी बहिनी डी शूले ताइवानको टिभी च्यानल टिभिबीएस न्यूजमा उनको मृत्युको पुष्टि गरेकी छिन् । बार्बी ताइवानबाहेक फिलिपिन्स, थाइल्याण्ड र इन्डोनेसियामा पनि धेरै चर्चित थिइन् । बार्बीकी बहिनीका प्रबन्धकले भनेका छन्, “हाम्रो परिवार […]

Feb 3, 2025 - 11:54
 0
ताइवानी अभिनेत्री बार्बी शूको निधन

काठमाडौं । ताइवानकी अभिनेत्री बार्बी शूको निमोनियाका कारण निधन भएको छ ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार बार्बी जापानको यात्राका क्रममा बिरामी भएकी थिइन् । बार्बीकी बहिनी डी शूले ताइवानको टिभी च्यानल टिभिबीएस न्यूजमा उनको मृत्युको पुष्टि गरेकी छिन् ।

बार्बी ताइवानबाहेक फिलिपिन्स, थाइल्याण्ड र इन्डोनेसियामा पनि धेरै चर्चित थिइन् ।

बार्बीकी बहिनीका प्रबन्धकले भनेका छन्, “हाम्रो परिवार चन्द्र नयाँ वर्षको अवसरमा बिदा मनाउन जापान गएको थियो । दुर्भाग्यवश निमोनिया भएपछि बार्बीले हामीलाई छोडेर गइन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register