अन्तराष्ट्रिय झापाली समाज पाँचौ अधिवेशन आउँदो असोज २३ र २४ गते बिर्तामोडमा

झापा, २३ जेठ । अन्तराष्ट्रिय झापाली समाजले पाँचौ अधिवेशनको आगामी असोज २३ र २४ गते हुने भएको छ । समाजको कार्यसमितिको पूर्ण बैठकले यही असोज २३ र २४ गते (अक्टोवर ९ र १० तारिख) का दिन झापाको बिर्तामोडमा अधिवेशन गर्ने निर्णय गरेको समाजका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिनुभयो । अधिवेशन अन्तरगत असोज २३ गते बन्द [...] The post अन्तराष्ट्रिय झापाली समाज पाँचौ अधिवेशन आउँदो असोज २३ र २४ गते बिर्तामोडमा appeared first on Jhapa Online.

Jun 6, 2025 - 07:41
 0
अन्तराष्ट्रिय झापाली समाज पाँचौ अधिवेशन आउँदो असोज २३ र २४ गते बिर्तामोडमा

झापा, २३ जेठ । अन्तराष्ट्रिय झापाली समाजले पाँचौ अधिवेशनको आगामी असोज २३ र २४ गते हुने भएको छ ।

समाजको कार्यसमितिको पूर्ण बैठकले यही असोज २३ र २४ गते (अक्टोवर ९ र १० तारिख) का दिन झापाको बिर्तामोडमा अधिवेशन गर्ने निर्णय गरेको समाजका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिनुभयो ।

अधिवेशन अन्तरगत असोज २३ गते बन्द सत्र हुनेछ भने २४ गते अधिवेशन हुनेछ । बैठकले अधिवेशन तयारीका लागि आवश्यक विभिन्न समितिहरु पनि गठन गरेको समाजका महासचिव नवीन पोखरेलले बताउनुभयो । अधिवेशनले सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने उहाँले बताउनुभयो ।

२०१७ मा स्थापित अन्तराष्ट्रिय झापाली समाजले विभिन्न सामाजिक कार्यहरु बाहेक हालसम्म ४ वटा क्षेत्रीय सम्मेलन तथा ४ वटा अधिवेशनहरु सम्पन्न गरिसकेको छ । अधिवेशनमा सबै राष्ट्रिय समिति र विश्वभर रहेका झापालीहरुलाई प्रत्यक्ष सहभागिता जनाउन समाजले अपिलसमेत गरेको छ ।

The post अन्तराष्ट्रिय झापाली समाज पाँचौ अधिवेशन आउँदो असोज २३ र २४ गते बिर्तामोडमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register