५ लाख ७० हजार घुस रकमसहित इन्जिनियर पक्राउ

काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादव ५ लाख ७० हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ टोलीले यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ […]

May 16, 2025 - 08:36
 0
५ लाख ७० हजार घुस रकमसहित इन्जिनियर पक्राउ

काठमाडौं ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादव ५ लाख ७० हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ टोलीले यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरेको अवस्थामा विशेष सूचना एवं उजुरी निवेदनका आधारमा गएको आयोगको टोलीले यादवलाई सेवाग्राहीबाट सो रकम लिइसकेको अवस्थामा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ बाट रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register