जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरी प्रमुखको निर्देशन, आपसी हातपात सह्य नहुने

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले जेठ १५ गते राजावादीहरूको प्रदर्शन रहेकाले उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिएका छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई थापाले यस्तो निर्देशन दिएका हुन् । राजनीतिक व्यवस्था र संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन उनको निर्देशन छ । ‘कानुनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई […]

May 18, 2025 - 07:06
 0
जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरी प्रमुखको निर्देशन, आपसी हातपात सह्य नहुने

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले जेठ १५ गते राजावादीहरूको प्रदर्शन रहेकाले उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई थापाले यस्तो निर्देशन दिएका हुन् ।

राजनीतिक व्यवस्था र संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन उनको निर्देशन छ । ‘कानुनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई ध्यान दिनुहोला । प्रदर्शनका क्रममा हुने कुनैपनि अराजकतापूर्ण गतिविधि सह्य हुन सक्दैन,’ उनले भने ।

प्रहरी कर्मचारीबीचको कुटपिटको अब सह्य नहुने उनले बताए । ‘पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो । अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन’, थापाले भने ।

विधि मिच्ने प्रहरीलाई नियमसंगत कारबाही हुने भन्दै उनले हातपातमा नउत्रिन निर्देशन दिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register