कमलराज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार मोहन दुवाललाई प्रदान गरिने

काठमाडाैं । यस वर्षको कमलराज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार ‘जनमत’ पत्रिकाका सम्पादक मोहन दुवाललाई समर्पण गरिने भएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष जेठ २४ गते काठमाडौंमा एक समारोहको आयोजना गरी समर्पण गरिने प्रतिष्ठानका अध्यक्ष पुष्कर राज रेग्मीले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य तथा […]

May 18, 2025 - 07:08
 0
कमलराज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार मोहन दुवाललाई प्रदान गरिने

काठमाडाैं ।

यस वर्षको कमलराज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार ‘जनमत’ पत्रिकाका सम्पादक मोहन दुवाललाई समर्पण गरिने भएको छ ।

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष जेठ २४ गते काठमाडौंमा एक समारोहको आयोजना गरी समर्पण गरिने प्रतिष्ठानका अध्यक्ष पुष्कर राज रेग्मीले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठानका संरक्षक डा। प्रकाशराज रेग्मीले आफ्ना पिता कमलराज रेग्मीले गरेको राजनीतिक, सामाजिक र साहित्यिक सेवालाई चिरस्थायी बनाउन पुरस्कार प्रदान गर्दै आएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार पुरस्कारको राशी नगद ५१ हजार, सम्मानपत्र र दोसल्ला रहनेछ ।

कमलराज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार हरेक वर्ष शिक्षा, स्वास्थ्य, साहित्य र समाजसेवामार्फत समाजमा विशिष्ट योगदान पु¥याउँदै आएका सिर्जनसिल, कर्मशिल व्यक्तित्वहरूलाई दिने गरिएको प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेले जानकारी दिनुभयो ।सञ्चार, समाजसेवा, साहित्यतर्फबाट दुवालले पु¥याएको योगदानको कदर गर्दै यसवर्ष प्रतिष्ठानले पुरस्कार प्रदान गर्न लागेको कार्यसमिति सदस्य भोजराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिष्ठानले यसअघि साहित्यकार झपेन्द्र जिसी, वैद्यराज विश्वमान बज्राचार्य, समाजसेवी राधा भारती, कलकार अशोक आर्ट, शिक्षाविद् बुद्धिप्रसाद शर्मा र डा।रचेल कारखलाई प्रदान गरिएको थियो । प्रतिष्ठानले यो पुरस्कार विभिन्न अवसर पारेर विगत ७ वर्षदेखि प्रदान गर्दै आइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register