नेपाल टेलिकमको नाफा र ईपिएस दुवै घट्यो (विवरणसहित) 

काठमाडौँ । नेपाल टेलिकमको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४८.६७ प्रतिशतले घटेको छ ।  कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही […]

May 19, 2025 - 03:39
 0
नेपाल टेलिकमको नाफा र ईपिएस दुवै घट्यो (विवरणसहित) 

काठमाडौँ । नेपाल टेलिकमको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४८.६७ प्रतिशतले घटेको छ । 

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्म कम्पनीको आम्दानी ०.६४ प्रतिशतले घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको वित्तीय आम्दानी ४६.०२ प्रतिशत र कुल आम्दानी ८.८९ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपिएस) पनि घटेको छ । यस अवधिमा कम्पनीको ईपिएस १९ रुपैयाँ ९६ पैसाले घटेर २१ रुपैयाँ ५ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ सय ३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register