सरकारको कार्यशैलीप्रति विराजभक्तको व्यङ्ग्य : सुखी विचौलिया खुशी माफिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेपनि कार्यशैली भने ठीक विपरीत भएको बताएका छन् । गभर्नर नियुक्तिमा भागबन्डाले ढिलासुस्ती भइरहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति संसद्‌मा व्यङ्ग्य गरे । यस्तै, आईपीओ जारीका लागि धितोपत्र बोर्डले ७ प्रतिशतसम्म कमिसन माग गर्दा पनि सरकार उदासिन रहेकोप्रति उनले आपत्ति व्यक्त […]

May 7, 2025 - 09:51
 0
सरकारको कार्यशैलीप्रति विराजभक्तको व्यङ्ग्य : सुखी विचौलिया खुशी माफिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेपनि कार्यशैली भने ठीक विपरीत भएको बताएका छन् ।

गभर्नर नियुक्तिमा भागबन्डाले ढिलासुस्ती भइरहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति संसद्‌मा व्यङ्ग्य गरे ।

यस्तै, आईपीओ जारीका लागि धितोपत्र बोर्डले ७ प्रतिशतसम्म कमिसन माग गर्दा पनि सरकार उदासिन रहेकोप्रति उनले आपत्ति व्यक्त गरेका छन् । ‘सरकारको कार्यशैली कस्तो हो साँच्चिकै सुखी विचौलिया खुशी माफिया हो त ?,’ उनको प्रश्न छ ।

सरकारले नीति तथा कार्यक्रममा सांस्कृतिक सम्पदालाई बेवास्ता गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकालाई अर्को चुनाव नभएर अर्को पुस्तालाई सोचेर राजनीति गर्न पनि सुझाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register