त्रिविमा उपकुलपति छनोट गर्न शिक्षामन्त्री पन्तको अध्यक्षतामा तीन सदस्यीय समिति गठन

काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि उम्मेदवार छनोट गर्न सर्च कमिटी गठन गरेका छन् । त्रिविका कुलपतिसमेत रहेका ओलीले मंगलबार शिक्षामन्त्री तथा सहकुलपति रघुजी पन्तको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । समितिका अन्य सदस्यमा राष्ट्रिय योजना आयोगमा शिक्षा क्षेत्र […]

May 20, 2025 - 14:30
 0
त्रिविमा उपकुलपति छनोट गर्न शिक्षामन्त्री पन्तको अध्यक्षतामा तीन सदस्यीय समिति गठन

काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि उम्मेदवार छनोट गर्न सर्च कमिटी गठन गरेका छन् ।

त्रिविका कुलपतिसमेत रहेका ओलीले मंगलबार शिक्षामन्त्री तथा सहकुलपति रघुजी पन्तको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

समितिका अन्य सदस्यमा राष्ट्रिय योजना आयोगमा शिक्षा क्षेत्र हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य रहेका छन् ।

यसअघि डा केशरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद खाली छ । यसर्थ रिक्त रहेको पदमा सिफारिस गर्न समिति गठन गरिएको हो ।

हाल रेक्टर रहेका प्राडा खड्ग केसीले उपकुलपतिको कार्यभार सम्हालिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register