सेयर बजारमा गिरावट, कारोबार रकम साढे १० अर्बमाथि

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ९४ अङ्कले घटेर २६६९ दशमलव ९१ को विन्दुमा पुगेको छ । बुधबार ३१६ कम्पनीका ८८ हजार १२१ पटकको कारोबारमा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० […]

May 21, 2025 - 10:47
 0
सेयर बजारमा गिरावट, कारोबार रकम साढे १० अर्बमाथि

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ९४ अङ्कले घटेर २६६९ दशमलव ९१ को विन्दुमा पुगेको छ ।

बुधबार ३१६ कम्पनीका ८८ हजार १२१ पटकको कारोबारमा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँ रहेको छ ।

९३ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज राधी विद्युतमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register